काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो, समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन १ महिनाको समय दिइएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध भइरहेको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाएको थियो ।
सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए ।
नेकपा एमालेसँग दुई बुँदे सहमति गरेसँगै माओवादी संसद् अवरोधबाट पछि हटेको थियो भने राप्रपा र रास्वपाले अवरोध गरिरहेका छन् । संसद् अवरोध गरीरहेका दलहरुको प्रतिकृया अब के हुनेछ भन्ने चासो बढेको छ ।










प्रतिक्रिया