सुनको भाउ १७ सय रुपैयाँले घट्यो, चाँदीमा सामान्य गिरावट


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । मंगलबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । मंगलबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३४९.२१ अमेरिकी डलर र चाँदी ३६.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।