लक्ष्मी बैंकको ३ नयाँ शाखा विस्तार


लक्ष्मी बैंकले बिहीबार ३ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको ललितपुर–८ पाटन, सुन्धारा, काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोहीजिल्लाको टोखा–३, टोखामा शाखा विस्तार गरी कारोबार सञ्चालन गरेको हो ।

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।