खानीखोला हाइड्रोपावरले पायो हकप्रद निष्कासन अनुमति


काठमाडौँ। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक बराबर एक (१:१) अनुपातमा सेयर निष्काशन गर्ने भएको हो ।

बोर्डले कम्पनीलाई मंगलबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  ०७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।