एनएमबि बैंकमा भाइबर, फेसबुक र एपबाट खाता खोल्न सकिने


एनएमबि बैंक (NMB) ले फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा सुरु गरेको छ ।

ग्राहकहरुले २४ अ‍ै घण्टा ७ अ‍ै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुने र डिपोजिट हुनेछ ।

बचत खाता एनएमबिको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार सम्म हुने व्यवस्था गरिएको छ ।

ग्राहकले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट ५ सय रुपैयासम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रfन्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।