नेपाली बजारमा शुक्रबार पनि सुनको भाउमा थप गिरावट आएको छ । यससँगै लगातार पछिल्लो तीन दिन सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ४०० रुपैयाँले सस्तिएको हो ।
यसअघि बिहीबार प्रतितोला ७०० रुपैयाँले घटेको सुन बुधबार पनि प्रतितोला १०० रुपैयाँले घटेको थियो। तिहारपछि तीन दिन सुनको भाउ निर्धारण भएकोमा तीनैदिन भाउ घटेको हो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा थप ५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको थियो भने बुधबार १० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ, तजावी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ निर्धारण गरिएको छ ।
महासंघका अनुसार हिजो बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार-चढावसँगै नेपाली बजार पनि सोही अनुसार प्रभावित हुने सुनचाँदी व्यवसायी बताउँछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया