एशियन लाइफ इन्स्योरेन्सको शेयरधनीले लाभांश नपाउने

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) का शेयरधनीले आव २०७४/७५ बाट कुनैपनि लाभांश नपाउने भएका छन् । बिहीबार सम्पन्न सञ्चालक समितिको १५५ औं बैठकले शेयरधनीहरुलाई कुनैपनि लाभांश प्रस्ताव गरेको छैन

कम्पनीले बिना लाभांश आगामी पुस ४ गते शनिबार ११ औं वार्षिक साधारण सभा गर्ने भएको छ । होटल पूजन वीरगञ्जमा बिहान १० बजे सभा बोलाएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको नाफा र नोक्सान हिसाब सहित वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ती लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गतेदेखि शेयर दाखिल खारेजी गर्ने मिति तोकेको छ । यसअनुसार मंसिर १८ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ता मात्र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७ रुपैयाँ रहेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार  ११ : ४२ बजे