नेप्सेमा ५० अर्बका विकास ऋणपत्र सूचीकृत

0
Shares

नेपाल राष्ट्र बैंकबाट निष्काशित कुल ५० अर्ब रुपैयाँका तीनवटा विकास ऋणपत्र शुक्रबार नेप्सेमा सूचीकृत भएको छ ।

स्टकका अनुसार शुक्रबार नेपाल सरकारको विकास ऋणपत्र २०८६ ‘घ’, २०८४ ‘घ’ र २०८७ ‘घ’ सूचीकृत भएको हो । यससँगै उक्त ऋणपत्रहरु आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

२० अर्बको ९ वर्षे अवधिको विकास ऋणपत्र–२०८६ ‘घ’ मा लगानीकर्ताहरुले ४.७७ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन् । २०७७ असोज १२ गते निष्काशन भएकोमा यस ऋणपत्रको साँवा भुक्तानी २०८६ असोज १२ गते हुनेछ ।

यसैगरी १० अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र–२०८४ ‘घ’ मा लगानीकर्ताहरुले ४.१४ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी प्राप्त गर्नेछन् । २०७७ असोज २१ गते निष्काशन भएको यस ऋणपत्रको साँवा भुक्तानी २०८४ असोज २१ गते हुनेछ ।

त्यस्तै १० वर्षे अवधिको २० अर्ब रुपैयाँको अर्को विकास ऋणपत्र–२०८७ ‘घ’ मा पनि लगानीकर्ताहरुले ४.१४ प्रतिशत नै ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन् । २०७७ कात्तिक २० गते निष्काशित यस ऋणपत्रको साँवा भुक्तानी २०८७ कात्तिक २० गते हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार  १७ : ३३ बजे