नेपाली बजारमा लगातार पछिल्लो तीन दिन सुनको भाउ घटेको सुनको भाउमा आइतबार भने तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । पछिल्लो तीन दिनमा १ हजार २०० घटेपछि आइतबार तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ, तजावी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार चढावसँगै नेपाली बजार पनि सोही अनुसार प्रभावित हुने सुनचाँदी व्यवसायी बताउँछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया