काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
हकप्रद शेयर निष्कासनका प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १९ गते तोकिएको छ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
त्यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।










प्रतिक्रिया