काठमाडौँ । नेपालमा वर्षनी अर्बै रुपैयाँको मेकअपका सामग्रीहरु आयात हुने गरेका छन् । यस्ता सामान्य सामग्रीहरुमा अर्बौँ रुपैयाँ बाहिरिदा नेपालको विदेशी मुद्रा सञ्चीती घट्दै गएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ६ अर्ब ६ करोड ६६ लाख ४१ हजार रुपैयाँको सौन्दर्य सामग्री आयात भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ४ अर्ब ३ करोड ५१ लाख ८२ हजार रुपैयाँको २० लाख ५९ हजार ५९० केजी अन्य सौन्दर्य सामग्री आयात भएको छ । उक्त अवधिमा १ लाख २८ हजार २०८ केजी लिपिस्टिक ५९ करोड ३७ लाख १३ हजार रुपैयाँमा आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै ५६ हजार १५० केजी गाजल २७ करोड २९ लाख ३९ हजार रुपैयाँमा आयात भएको छ ।
यो अवधिमा ३ लाख ९० हजार २४१ केजी फेस क्रीम १ अर्ब १६ करोड ४७ लाख ९७ हजार रुपैयाँमा आयात भएको छ । उक्त अवधिमा ५ करोड २३ लाख ७६ हजार रुपैयाँको नेल पोलिस आयात भएको छ ।
गत आर्थिक वर्ष ८०/८१ को ११ महिनामा ३ अर्ब ३१ करोड १ लाख ९६ हजार रुपैयाँको १९ लाख ४६ हजार ५१९ केजी अन्य सौन्दर्य सामग्री आयात भएको छ । यस्तै ४ करोड ५६ लाख २८ हजार रुपैयाँको १८ हजार ३९३ लिटर नेङ पोलिस आयात भएको छ ।
उक्त अवधिमा ९४ करोड ३५ लाख ७८ हजार रुपैयाँको ३ लाख २७ हजार केजी अनुहारमा लगाउने क्रिम आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । सोहि अवधिमा ५७ करोड २८ लाख ६२ हजार रुपैयाँको १ लाख ५१ हजार ९३० केजी लिपस्टिक र २२ करोड ३६ लाख ३४ हजार रुपैयाँको ४७ हजार ७१७ केजी आँखामा लगाउने गाजल आयात भएको थियो ।
यस्तै अघिल्लो आर्थिक वर्ष ७९/८० को सोहि अवधिमा १७ लाख ३३ हजार ७२९ केजी सौन्दर्य सामग्री २ अर्ब ८३ करोड ७४ लाख १७ हजार रुपैयाँमा आयात भएको थियो । उक्त अवधिमा ३३ करोड ३ लाख १२ हजार रुपैयाँको १ लाख ७९ हजार ५८१ केजी लिपिस्टिक आयात भएको थियो ।
यस्तै १६ करोड ८४ लाख १३ हजार रुपैयाँमा ७३ हजार ३५१ केजीकाजल आयात भएको थियो । सोहि अवधिमा ५८ लाख ६८ हजार रुपैयाँको नङ पालीस आयात हुँदा ६९ करोड ६२ लाख ३६ हजार रुपैयाँको ३ लाख १८२ केजी फेस क्रिम आयात भएको थियो ।
विभागको तथ्यांक हेर्दा नेपालमा प्रत्येक वर्ष सौन्दर्य सामग्रीको आयात बढ्दै गएको पाइएको छ । जुन राष्ट्रिय आर्थिक सन्तुलन र स्वास्थ्य सुरक्षा दुबैका दृष्टिले चिन्ताको विषय भएको जानकारहरुको भनाई छ । साथै यसले भित्र्याउने विदेशी निर्भरता र गुणस्तरले पनि थप चनौती थपिएको छ ।










प्रतिक्रिया