काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको सुधार आउँदा बजार हरियाली देखिएको छ । मंगलबार नेप्से परिसुचक २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेको हो ।
कारोबारमा आएका ३०८ कम्पनी मध्ये २१७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार २०८ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर ७० हजार २१४ पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार व्यापार समूह २५.५८ अंकले र उत्पादन तथा प्रशोधन समूह ५.६२ अंकले घट्दा अरु सबै समूहमा हरियाली देखिएको छ । जीवन बीमा समूह १४२.७६ अंकले बढेको छ । निर्जीवन बीमा समूह १२६.११ अंकले, लघुवित्त समूह १०५.२५ अंकले, विकास बैंक समूह ६५.६६ अंकले, जलविद्युत समूह ४९.४२ अंकले , होटल तथा पर्यटन समूह ३८.२७ अंकले बढेको छ ।
यस्तै, सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावरको सेयर मूल्य ८.४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ८.३१ प्रतिशत र सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य ८.०९ प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा पनि युनिलिभर नेपालको सेयर मूल्य २.१३ प्रतिशतले घटेको छ । सन् राइज म्याचुअल फन्डको सेयर मूल्य १.८७ प्रतिशत, गार्जीयन माइक्रो लाइफ इन्स्योरेसको सेयर मूल्य ११.६९ प्रतिशत, नेजाल माइक्रो इन्स्योरेन्स र सिन्धू विकास बैंकको सेयर मूल्य समान ११.४९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर ४६ करोड १६ लाख ४६ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ५ लाख ९७ हजार २४८ इकाईको कारोबार सहित अग्रस्थानमा छ । कारोबार संख्याका आधारमा बरुण हाइड्रोपावर १ हजार ९६२ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।
यो कारोबार सँगै कुल बजार पूँजीकरण ४४ खर्ब ३२ अर्ब ६० करोड १६ लाख ६ हजार रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया