तिनाउ मिसन डेभलपमेण्ट बैंकमा सर्वसाधारणको शेयर स्वामित्व बढ्ने

0
Shares

तिनाउ मिसन डेभलपमेण्ट बैंकमा सर्वसाधारण समूहको शेयर स्वामित्व बढ्ने भएको छ ।

बैंकमा संस्थापक शेयर ५३ दशमलव ३४ प्रतिशत र सर्वसाधारण शेयर ४६ दशमलव ६६ रहेकोमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ५१:४९ कायम गर्न लागेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन अनुसार संस्थापक शेयर स्वामित्व घटाउने भएको हो ।

बैंकले नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायको स्वीकृति लिई शेयर संरचना परवर्तन गर्ने र सोहि अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जनाएको छ।

संस्थापक शेयरलाई साधारण शेयरमा परिवर्तन गर्न नचाहाने शेयरधनीले ३५ दिनभित्र स्वः घोषणा गरी बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।