फोनपेको ‘क्यूआरमा उपहार’ योजना सार्बजनिक, बम्पर उपहारमा यमाहाको एफजेडआइ स्कुटर

0
Shares

फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्बजनिक गरेको छ ।

फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो । जहाँ प्रयोगकर्ताले दैनिक,साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् ।

यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक/एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिनेछ ।

बम्पर उपहार उपहार योजनाको अन्निममा सार्बजनिक गरिनेछ । यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ । फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।