अभिलेखनै नभएको विद्यालयमा बजेट विनियोजन गरेर भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखनै नभएको विद्यालयको नाममा बजेट विनियोजन गरेर भ्रष्टाचार गरेको अभियोगमा ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख इन्जिनियर रविन्द्र परियार सहित ४ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

प्रमुख परियार सहित लेखापाल मनिराम कुर्मि नक्कली उपभोक्ता समूहका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा विरुद्ध बिहिबार विशेष अदालतमा समान ७ लाख ६० हजार रुपैयाँ बिगो जरिवान र सजाय माग दाबी गरेको छ ।

उनीहरुले दुर्गा प्रा.वि को दुई कोठे भवन निर्माणको लागि भनेर बजेट विनियोजन गरेकोमा उक्त नामबाट हालसम्म कुनै विद्यायल सञ्चालनमा नरहेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

साथै आयोगले उनीहरुले बजेट विनियोजन गरेर निर्माण सम्पन्न गरेको भनिएको साविकको दुनै गा.वि.स. वडा नं. २ र ३ तिप्लामा लालिगुँरास प्रा.वि मात्र रहेको जनाएको छ ।

 

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।