वृज सिमेन्टद्धारा “एक्सपर्ट मेशन क्लब” का सदस्यलाई उपहार वितरण

0
Shares

वृज सिमेन्ट इ. प्रा. लि.ले २०७६ सालमा स्थापना एक्सपर्ट मेशन क्लब अन्र्तगत रही कार्य गर्ने २०० निर्माणकर्मीहरुलाई उपहार प्रदान गरेको छ ।

जस अन्र्तगत विभिन्न क्षेत्रका निर्माणकर्मीहरुलाई ३२” टिभी , मोवाइल, भाइब्रेटर, भ्याकुम क्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि.का सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए ।

वृज सिमेन्ट इण्डष्ट्रीज प्रा. लि. ले निर्माण क्षेत्रमा कार्यरत कामदारहरुको हौसला र सुरक्षाको लागि विगत बर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो । यस एक्सपर्ट मिशन क्लबले नेपाल भर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाको लागि कार्य गर्दछ । वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ, यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ।

बिभिन्न क्षेत्रका देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरेर उहाँहरुको निःशुल्क रुपमा रु. पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ ।

यस कार्यबाट कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गरेको छ । उक्त कार्यक्रमलाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब” मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पासबुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्ने जनाएकोे छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।