जगदम्बा मोटर्सको नयाँ स्कुटर टीभीएस जुपिटर ११० सार्वजनिक


काठमाडौं । नेपालका लागि टीभीएस ब्राण्डको आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी स्कूटर सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव र स्टाइलिश डिजाइन गरिएको छ। सबै उमेर, लिङ्ग र शारीरिक बनावट भएका प्रयोगकर्तालाई लक्षित गरी, स्कुटरमा फराकिलो ग्लोभ बक्स, अगाडिबाट तेल हाल्ने सुविधा, लामो सिट, एकै थिचाइमा खोलिने लक सिस्टम, मोबाइल चार्जर, १२ इन्चको पाङ्ग्रा र सन्तुलित व्हीलबेसजस्ता सुविधा रहेका छन्।

विश्वभर ७० लाखभन्दा बढी प्रयोगकर्ताको विश्वास जितिसकेको जुपिटर ब्रान्ड नेपालमा पनि प्रयोगकर्ताको बदलिंदो चाहनाअनुसार पुनः परिकल्पना गरिएको कम्पनीले दाबी गरेको छ।

नेपालका लागि टीभीएस ब्राण्डको आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले विगतदेखि नै विश्वस्तरीय मोबिलिटी उत्पादनहरूको विक्री वितरण गर्दै आएको छ। कम्पनीले देशभर फैलिएको आफ्नो डिलर नेटवर्कमार्फत बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पाट्स उपलब्ध गराउँदै आफ्रना गा्रहाक सँग निरन्तर छलफल गरी सहजताको वाताबरण बनाउनमा सफल रहदै आएको छ ।

 

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  ०८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।