‘उद्योगी व्यापारीहरुको समस्या समाधान गर्न लागि पर्छु’ -जमशेर अलिमिया, केन्द्रीय सदस्यका उम्मेदवार, नेउबा महासंघ

0
Shares

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधरणसभा एवं राष्ट्रिय महाधिबेशनमा केन्द्रिय सदस्यको लागि चुनावी मैदानमा उत्रिएका जमशेर अलिमियाले उद्योगी व्यापारीहरुको समस्या समाधानमा लागि पर्ने बताएका छन् ।

चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका जमशेर अलिमिया एकमात्र मुस्लिम समुदायबाट केन्द्रिय सदस्यको लागि चुनावी मैदानमा छन् । उनी लुम्बिनी प्रदेशबाट (प्रदेश ५) केन्द्रिय सदस्यको लागि चुनावी उत्रिएका हुन ।

उनले उद्योगी व्यापारीहरुको समस्या पहिला महासंघ मार्फत सरकार समक्ष पुर्याउने र त्यसको समाधान गर्न लागि आफुले उम्मेदवारी दिएको बताए ।

जमशेर अलिमिया भन्नछन्,- ‘वास्तवमा नेपाल उद्योग बाणिज्य महासँघ र नेपाल सरकार नङ र मासुको सम्बन्ध रहेको अंगहरु हुन् । हामी उद्याोगीहरुले देशको अर्थतन्त्र सुर्धान बिभिन्न माग तथा प्रस्तावहरु सरकार समक्ष पुरयाउने र त्यसलाई सही रुपमा कार्यन्वयन गराउन तत्परता देखाउने एवं नीति नियम बनाई त्यसलाई नियमन गराउने कार्य सरकारको हो ।’

‘काम गर्नको लागि नीति र वातावरण मैत्रीपुर्ण बनाउने काम नेपाल सरकारको हो र हामी उद्योगी व्यापारीहरुको समस्या सरकार समक्ष पुरयाउने अहम भुमिका खेल्ने केन्द्र उद्योग बाणिज्य महासंघ हो । नेपालको समुन्नत बिकास र अर्थतन्त्र चलायमान बनाउनको लागि व्यापारीहरु मेरुदण्ड हुन् ।’

उनी बिगत २०६२ सालदेखि लगातार रुपमा एक कार्यकाल बाहेक चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्षको रुपमा रही उद्योगी व्यापारीहरुको हक हितमा कार्य गर्दै आइरहेका छन् । उद्योग बाणिज्य महासंघको इतिहासमा पहिलो पटक युवा उद्यमी जमशेर अलिमिया मुस्लिम समुदायबाट पहिलो र एकमात्र केन्द्रिय सदस्यको उम्मेद्वार हुन ।

जमशेर अलिमिया ४९ बर्षीय युवा उद्यमी अटल सिमेन्ट प्रा.लि.का अध्यक्ष हुन जुन कृष्णनगर कपिलवस्तुमा रहेको छ । यस उद्याृगबाट ओपिसी र पिपिसी सिमेन्टको उत्पादन हुन्छ । यस्तै अलिमियाच लोकप्रिय ग्रुपको अध्यक्ष समेत रहेका छन । जस अन्र्तगत पेट्रोलपम्प, हार्डवेयर, इटाउद्योग, टायर तथा भिनीयरको व्यापार बिगत ४० बर्षदेखि गर्दै आइरहको छ ।

यसको साथसाथै नेपाल प्रजातान्त्रिक महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष, साँग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सदस्य ,बुद्ध टेलिभिजन बुटवलको संस्थापक सदस्य ,सनराइज बोडिङ्ग स्कुल चन्द्रौटाको संस्थापक शेयर सदस्य ,समानता एफ.एम.,भ्वाइस एफ.एम. बाणगंगा एफ.एम. अरनिको बचत तथा ऋण सहकारी संस्था एवं संजीवनी सामुदायिक अस्पताल कपिलबस्तुको संस्थापक समेत हुन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार  ११ : ५४ बजे