स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला २०० ले घटेर ९१ हजार ३०० मा कारोबार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भएको छ । बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला एक हजार १६५ मा कारोबार भएको छ ।
बिहीबारका तुलनामा चाँदी प्रतितोला १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार १७५ मा कारोवार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया