काठमाडौँ महानगरको १७औं नगर सभा सुरु


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत भइरहेको छ ।

गत शुक्रबार बसेको ४० औं कार्यपालिका बैठकमा मेयर बालेन शाहले आज बजेट प्रस्तुत गर्ने प्रस्ताव गरेका थिए ।

राजस्व परामर्श समितिको बैठकले आगामी वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ। आजको नगर सभामा सोही सीमा भित्रको बजेट प्रस्तुत हुने बताइएको छ ।

संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरभित्रको आन्तरिक विवादका कारण बजेट ल्याउन ढिलाइ भएको हो ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।