नेउवा महासंघको निर्वाचनको मत गणना सुरु, ढकाल प्यानबाट खुल्यो विजयी खाता

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयनको लागि शनिबार सम्पनन निर्वाचनकोे मत गणना सुरु भएको छ ।साँझ ६ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए ।

प्रज्ञा भवनमा मतगणना गरिदै छ।तीन वटै समुहको मतगणना सुरु भएको पौडेलको भनाइ छ। महासंघको निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेको छ । निर्वाचन समितिका अनुसार जिल्लारनगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको छ ।

बस्तुगत तर्फबाट १०१, जिल्ला नगरबाट १०५ र एसोसिएट तर्फ ९०३ मतदाता रहेका थिए । मत गणनाको अन्तिम परिणाम आउन मध्यरात ११ बजे सम्म लाग्ने अनुमान गरिएको पौडेलको भनाइ छ ।

महासंघको चुनाबका लागि जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भएको थियो ।

महासंघको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत, एशोसियटको ३० प्रशिशत तथा वस्तुगततर्फको २० प्रतिशत भोटभार हुने व्यवस्था रहेको छ ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। ।

निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन्। यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्। जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्। 

ढकाल प्यानबाट खुल्यो विजयी खाता

यसै क्रममा संस्थापक संघ तर्फबाट दामु अधिकारी केन्द्रिय सदस्यमा विजयी भएका छन् । उनी ढकाल प्यानबाट निर्वाचनमा खडा भएका थिए । दामुले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार  १८ : ३० बजे