काठमाडौँ । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ । योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन् । किस्ताबन्दी योजना अन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन । यस बाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनिले जानकारी दिएको छ ।
प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यो योजना सार्वजनिक गरेको हो । नेपालमा १५ हजारदेखि २० हजार रूपैयाँका फोनहरुमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ । जसले सबै नेपालीका लागि नयाँ प्रविधि अझ पहुँचयोग्य बनाउने कम्पनिको उद्देश्यलाइ सार्थकता प्रदान गरेको छ ।
यस शुन्य प्रतिशत ब्याजदर किस्ताबन्दि योजना अनुसार १५ हजार ९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रूपैयाँ ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १ हजर ६०० किस्तामा तिर्न सकिन्छ । यस्तै, १६ हजार ९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिबी) मोडेलका लागि प्रयोगकर्ताले ६ हजार ८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १ हजार ७०० किस्तामा तिर्न सकिन्छ । अलि बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८ हजार ९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जिबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ ७ हजार ६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक १ हजार ९०० किस्तामा ६ महिनासम्म तिर्न सकिन्छ ।












प्रतिक्रिया