हिमालयन बैंकको एफपिओमा आजदेखि आवेदन दिन सकिने


काठमाडौँ । हिमालयन बैंकले आज (बुधबार) देखि एफपिओ बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरमा एफपीओ बिक्री खुला गरेको हो ।

बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्दै १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको हो ।

बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व कायम गर्न एफपीओ ल्याएको हो । यसअघि संस्थापक समूहको स्वामित्व ५१ प्रतिशतभन्दा बढी रहेकोमा नियामकीय सन्तुलन कायम गर्न यस्तो निष्काशन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकले एफपीओमा आवेदन दिने अन्तिम म्याद छिटोमा साउन ४ गते तोकेको छ । तर, तोकिएको अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा उक्त म्याद साउन १४ गतेसम्म लम्ब्याइने बैंकले जनाएको छ ।

एफपीओ निष्काशन तथा बिक्रीमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।