अरुण भ्याली हाइड्रोपावरको लाभांश प्रस्ताव

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्तव प्रस्तव गरेको छ ।

कम्पनी समितिको मंसिर १४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७६।७७ को को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

यस्तै २१ औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद शेयर मध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वः पूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।