प्रि-ओपनिङ्गमै ३२ अंकले बढ्यो नेप्से, २ हजार बिन्दु छोयो

0
Shares

साताको दोस्रो कारोबार दिन शेयर बजार परिसूचक मापक नेप्से ३१.७३ अंकले बढेपछि २ हजार बिन्दुमा पुगेको छ ।

शेयर बजार परिसूचक मापक नेप्सेको ऐतिहासिक उच्च बिन्दु पुगेको छ । प्रि ओपनिङ्ग सेसनमा नै यसअघिका सबै बिन्दु तोडिएको हो ।

यसअघि २०७३ साउन १२ गते नेप्से १८८१ बिन्दुमा पुग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेकोमा मंसिर यता भएको नेप्सेको वृद्धिले सबै पुराना रेकर्ड तोडिएका छन् । हिजो आइतबार मात्रै ९ अर्ब माथिको कारोबार भएको थियो।

सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १.६१ प्रतिशत अर्थात ३१.७३ अंकले बढेर २ हजार अंकमा पुगेको छ । आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५१ कम्पनीका ५० हजार ४८२ कित्ता शेयर १ करोड ५४ लाख लाख ६ हजार २१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।