काठमाडौँ । दक्षिण एशियाको ६० वर्षभन्दा लामो इतिहास बोकेको एक अग्रणी किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर ईन्डिया’ ले नेपालमा उत्पादनको प्रवद्र्धनका लागि नेपालको ‘आइरन लेडी’ भनेर चिनिने सुप्रसिद्ध पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर रूपमा नियुक्त गरेको छ ।
नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू आधिकारिक वितरण भाटभटेनीसँगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रा.लि. (आईडीपिएल नेपाल) मार्फत उपलब्ध छन् । जसले नेपालभर प्रभावकारी खुद्रा र वितरण सञ्जालमार्फत बजार विस्तार र ब्रान्ड उपस्थिति सुदृढ गर्दै आएको रमेश श्रेष्ठ बताउछन् ।
विनोद कुकवेयर ईन्डिया गुणस्तर, दिगोपन, र स्वस्थ जीवनशैलीप्रति गहिरो प्रतिबद्धता राख्ने ब्रान्ड हो । ‘स्यान्डविच बटम’ तथा ट्राईप्लाई (तीन लेयर) प्रविधिको अग्रणीका रूपमा परिचित यस ब्रान्डले स्टेनलेस स्टिल, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरन देखि प्रेशर कुकिङसम्मका भरपर्दा उत्पादनहरू प्रस्तुत गर्दै आएको छ । फिचर र फिनिशमा ध्यान दिँदै, ब्रान्डले सन्तुलित मूल्य र गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । जसले एशियादेखि मध्यपूर्व, क्यानडा, अमेरिका युरोपसम्म लाखौँ उपभोक्ताको विश्वास जितेको छ ।












प्रतिक्रिया