अनर एक्स६सी धमाकेदार रूपमा नेपालमा सार्वजनिक


काठमाडौँ । अनरले नयाँ स्मार्टफोन अनर एक्स६सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको यो फोन स्मार्ट, स्टाइलिस् र एआई फिचरले भरिपूर्ण छ ।

दमदार प्रदर्शन, मजबुत बनावट र सुलभ मूल्यमा उपलब्ध अनर एक्स६सी नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्ने कम्पनीले विश्वास गरेको छ ।

एआई फिचर र ४ हजार बराबरको फ्री इयरबड्स उपहार ल्याएको छ । यो सीमित अवधिको अफर हो । नजिकको अनर आउटलेट वा अधिकृत स्टोर मा गएर नेपालकै स्मार्ट बजेट एआई फोन आफ्नो बनाउन सकिनेछ ।

यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आइपि६४ प्रोटेक्सन र एआइ जस्ता विशेषताहरू छन् । भने यो स्मार्टफोन खरिदमा ४ हजार बराबरको अनर एक्स७ इ एक्टिभ इयरबड्स निःशुल्क पाउन सकिनेछ ।

यो अफर आगामी साउन १५ गते (जुलाई ३१, २०२५) सम्म मात्र लागु हुनेछ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार  १३ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।