सानिमा माई हाइड्रोको लाभांश घोषणा

0
Shares

सानिमा माई हाइड्रो (SHPC) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीले पुस २३ गते आह्वान गरेको साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक्क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।