नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१/८२ मा १५ करोड ४६ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको थियो । भन्सार महसुल आयाततर्फ १० करोड २० लाख ५८ हजार रुपैयाँ, कृषि सुधार शुल्कतर्फ १४ लाख ७३ हजार रुपैयाँ, भन्सारसम्बन्धी अन्य आय (पैठारी भन्सार सेवा दस्तुर)तर्फ ५ लाख ४८ हजार रुपैयाँ, अग्रिम आयकर २७ हजार रुपैयाँ र मूल्य अभिवृद्धिकर ४ करोड ८३ लाख ८ हजार रुपैयाँ सङ्कलन भएको छ ।
यसैगरी अन्तःशुल्क ४८ लाख ६२ हजार रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुर ५ लाख १२ हजार रुपैयाँ, हरित कर ११ लाख ३५ हजार, अन्य कर तथा शुल्क (अन्य प्रशासनिक सेवातर्फ) ११ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख उपाध्यायका अनुसार २०७५ असोज ७ गते महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो ।










प्रतिक्रिया