सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटलबीच आइपिओ निश्कासनका लागि सम्झौता


काठमाडौँ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निश्कासन (आइपिओ) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त औपचारिक कार्यक्रम होटल मेरियट, काठमाडौँमा सम्पन्न भयो । जसमा सम्झौतापत्रमा सारथि केवल इन्डष्ट्रीज का अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजिको २० प्रतिशत सर्वसाधारणलाई निश्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यस आइपिओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।

आइपिओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक अन्डरग्राउन्ड उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ १ ऐतिहासिक प्रयास हुनेछ र त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी आल्मुनियम फर्नेन्स प्लान्ट जडान गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।