आन्तरिक राजस्व कार्यालय विरगंजले संकलन गर्यो करिब साढे ९ अर्ब राजस्व


काठमाडौँ । आन्तरिक राजस्व कार्यालय विरगंजले गत आर्थिक वर्ष २०८१/८२ मा करिब साढे ९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा कार्यालयले ९ अर्ब ४५ करोड ९५ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयले आर्थिक वर्षको अन्तिम असार महिनामा मात्र ९३ करोड ८४ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा कार्यालयले ८ अर्ब ७१ करोड ८२ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको १०९ प्रतिशत राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा कार्यालयले आयकरमा ३ अर्ब ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ अर्ब १९ करोड २७ लाख ५५ हजार अर्थात लक्ष्यको १०५ प्रतिशत राजस्व संकलन भएको थियो ।

मुल्य अभिवृद्धि कर २ अर्ब ५८ करोड ८७ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब १२ करोड ९१ लाख ६९ हजार रुपैयाँ लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यस्तै अन्तःशुल्क कर ३ अर्ब ९ करोड ५७ लाख १२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ४ अर्ब १३ करोड ७३ लाख ९० हजार रुपैयाँ अर्थात लक्ष्यको १३४ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार  ०७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।