काठमाडा। नेपाली सेयर बजामा आइतबार विशेष उताचढाव देखिएको छ । प्रि–ओपनिङ सेसनमा ४ वर्षयताकै उच्च अंक छोएको नेप्से सुचक दिनको अन्त्यमा दोहोरो अंकले ओरालो लागेको छ ।
प्रि–ओपनिङमा नेप्से २४.६२ अंकले बढेर ३००८.५२ अंकमा पुगेको थियो । यो २०७८ भदो २ गते यताकै उच्च अंक हो ।
दिनभरको कारोबार पछि आइतबार नेप्से १८.४४ अंकले घटेर २९६४.२० अंकमा पुगेर बन्द भएको छ ।
कारोबारमा आएका ३२३ वटा कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयरहरु २ लाख ३ हजार ६५८ पटक किनबेच हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से ३.७६ अंकले बढेर २९८२.६४ अंकमा पुग्दा कारोबार रकम १८ अर्ब ४९ करोड ९० लाख रुपैयाँ पुगेको थियो ।
आइतबार विकास बैंक समूह ७७.६४ अंकले र व्यापार समूह ६१.७४ अंकले बढ्दा अरु सबै उपसुचक राताम्मे देखिएका छन् ।
समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । लुम्बिनी विकास बैंकको सेयर मूल्य ८.४७ प्रतिशत र लक्ष्मी उन्नती कोशको सेयर मूल्य ७.८३ प्रतिशतले बढेको छ ।
यता, नारायणी विकास बैंकको सेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ । १० प्रतिशत एनआइसी एसियाको डेभेन्चर मूल्य ५.२० प्रतिशतले, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ४.९९ प्रतिशत, ११ प्रतिशत एनआइसी एसियाको डेभेन्चर मूल्य ४.७१ प्रतिशत र बुटवल पावरको सेयर मूल्य ४.११ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा लक्ष्मी सनराइज बैंकको प्रमोटेड सेयर २ज्ञ लाख २० हजार ९१२ इकाईको कारोबार सहित शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा पनि शिवम् सिमेन्ट ५ हजार ६३० पटकको कारोबार सहित अग्रस्थानमा छ ।
आइतबारको कारोबार सँगै कुल बजार पूँजीकरण ४९ खर्ब ४६ अर्ब २६ करोड ८५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
गत साताको कारोबारको अन्तिम दिन कुल बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब ४ करोड ८६ लाख ९७ हजार रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया