काठमाडौँ । सुनको मूल्यमा लगातार गिरावट आएको छ । बिहीबार २४ सय शुक्रबार ५०० सय, आइतबार ११ सय रुपैयाँले घटेको सुन सोमबार स्थिर रहेको थियो । आज मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१६.६ अमेरिकी डलर र चाँदी ३८.१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया