सिटिजन्स बैंक इन्टरनेसनलको चौधौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफबाट ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
२०७७ साल मंसिर महिना २० गते, शनिबार, केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न साधारण सभाले ८ प्रतिशतका दरले बोनस शेयर तथा ३ प्रतिशतका दरले (कर समेत) नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।
जस अनुसार बैंकले ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ बराबरको बोनस शेयर र २७ करोड २६ लाख ९४ हजार ५१८.६९ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत सम्पन्न चौधौं वार्षिक साधारण सभाले आ.व. २०७६÷७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्यो ।
बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया