मन्जुश्री फाइनान्सले घोषणा गर्यो लाभांश


मञ्जुश्री फाइनान्स (MFIL) ले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने प्रतिफल घोषणा गरेको छ । आइतबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकले २३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

फाइनान्सको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात साधारण सभाबाट अनुमोदन भए पछि शेयरधनीको खातामा जम्मा हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७७, आइतबार  १६ : २६ बजे