सेयर बजारमा सुख्खा पहिरो सबै उपसुचक राताम्मे : कारोबार रकम १६ अर्ब माथि


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा ठुलो गिरावट आएको छ । नेप्सेमा दोहारो अंकको गिरावट आउँदा लगानीकर्ताहरुले भारी नोक्सानी व्यहोरेका छन् । दिनभरको उतारचढावपछि बजार बन्द हुँदा नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ अंकमा झरेको हो ।

बुधबार सबै उपसुचकमा गिरावट आएको छ । जीवन बीमा समूह २५०.९४ अंकले घटेको बजारमा निर्जीवन बीमा समूह २०८.६८, विकास बैंक समूह २१३.७२, होटल तथा पर्यटन समूह १५४.३९, व्यापार समूह ७७.३५, वित्त समूह ७३.३२ अंकले घटेको छ । जलविद्युत समूह ६३.८७ अंकले घट्दा वाणिज्य बैंक समूह २४.२१ अंकले घटेको छ ।

बुधबार बजारमा अधिकांश कम्पनीहरुको सेयर मूल्यमा गिरावट देखियो, जसले बजारमा सुख्खा पहिरो गएको जस्तो अवस्था सिर्जना गरेको हो । कारोबारमा आएका कुल ३२७ कम्पनीहरुमध्ये २२६ कम्पनीको सेयर मूल्य घट्यो भने २३ वटा कम्पनकिो मात्रै मूल्य बढेको छ । बजार ओरालो लागेपनि कारोबार रकममा भने उत्साह कायमै देखिएको छ । दिनभरिमा कुल १ लाख ४१ हजार ५२० पटकको कारोबारबाट ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । समता घरेलु लघुवित्तको सेयर मूल्य ६.७४, सिक्लेस् हाइड्रोपावरको सेयर मूल्य ५.१६ र भुगोल इनर्जीको सेयर मूल्य ३.८२ प्रतिशतले बढेको छ ।

हिमालयन रिइन्स्योरेन्स १ अर्ब ३२ करोड १२ लाख १८ हजार रुपैयाँको कारोबार सहित सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको हीर्षस्थानमा रहेको छ । हिमालयन डिस्ट्रिलरी ७३ करोड २९ लाख ८४ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा र ५७ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको काराबार सहित तेस्रो स्थानमा छन् ।

बुधबारको कारोबार सँगै ४९ खर्ब २९ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

मंगलबार कुल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।