काठमाडौँ । जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यस को अर्थ असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ।












प्रतिक्रिया