गरिमा समृद्धि योजनाको लाभांश घोषणा


काठमाडौँ । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ। साउन १५ गते बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ का लागि लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ५.१० प्रतिशत (करसहित) का दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

योजनाको कोष प्रबर्द्धक गरिमा विकास बैंक लिमिटेड रहेको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।