एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाँड गरिएको छ ।
फण्डले मंसिर १२ गतेदेखि प्रति इकाई १० रुपैयाँका दरले ५ करोड इकाई बिक्रीमा ल्याएको थियो ।
जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्र्घक एनआईसी एशिया बैंकको लागि सुरक्षित राखी बाँकी ४ करोड २५ लाख इकाई बाँडफाँड गरिएको हो ।
डाईनामिक डेप्ट फण्डको इकाईको लागि ७९ हजार ५१४ आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५७० इकाई माग आएको थियो । जसमध्ये १०० इकाई देखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम इकाई वितरण गरिएको क्यापिटलले जनाएको छ ।
त्यस्तै १० लाख इकाई देखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८२० इकाईका दरले बाँडफाँड गरिएको छ । त्यस पश्चात बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाई देखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० कित्ता थप गरि कुल ४ करोड २५ लाख इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया