सेयर बजारमा गिरावट कायम, नेप्से परिसुचक २८ सय अंकमा कुल बजार पूँजीकरणसँगै कारोबार रकम पनि खुम्चिदो


काठमाडौँ । सेयर बजारमा गिरावट कायमै रहेको छ । आइतबार गिरावटसँगै नेप्से परिसुचक २८ सय अंकमा झरेको छ । आइतबार नेप्से ६३.७३ अंकले घटेर २८५८.९० अंकमा पुगेको छ । नेप्से परिसुचकमा गिरावट आउँदा कारोबार रकम सँगै कुल बजार पूँजीकरण पनि खुम्चिदै गएको छ ।

आइतबार कूल बजार पूँजीकरण ४७ खर्ब ७२ अर्ब ९ लाख ८९ हजार रुपैयाँ कायम भएको छ ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार कूल बजार पूँजीकरण ४८ खर्ब ७६ अर्ब ९० करोड ८९ लाख रुपैयाँ कायम भएको थियो । बुधबार कुल बजार पूँजीकरण ४९ खर्ब २९ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ कायम भएको थियो । मंगलबार कुल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ कायम भएको थियो ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ३१.५ अंकले घटेर २९२२.६३ अंकमा पुग्दा कारोबार रकम १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँ पुगेको थियो । बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घट्दा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँ पुगेको थियो ।

आइतबार सबै उपसुचकमा गिरावट आउँदा लघुवित्त समूह ३.०५ प्रतिशतले घटेको छ । अन्य समूह ३.४८ प्रतिशतले घटेको बजारमा उत्पादन तथा प्रशोधन समूह २.४३ प्रतिशत, वाणिज्य बैंक समूह २.२७ प्रतिशतले घटेको छ ।

आइतबार १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार १ लाख ५२ हजार ५१८ पटकको कारोबारमा ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयरहरु १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँमा किनबेच भएका छन् ।

ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ४.५५ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.८६ र लुम्बिनी विकास बैंकको सेयर मूल्य २.५ प्रतिशतले बढेको छ ।

यता, सान्भी इनर्जी र समता घरेलु लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । ग्रीन भेन्चरको सेयर मूल्य ५.७७, सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ५.५८ र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ५.५२ प्रतिशतले घटेको छ ।

नेपाल रिइन्स्योरेन्स ७५ करोड ३९ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याका आधारमा सन्राइज ब्लुचिप फण्ड १२ लाख ४९ हजार ४१६ इकाईको कारोबार सहित शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा २१ हजार १७१ पटकको कारोबार सहित सान्भी इनर्जी अग्रस्थानमा छ ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।