प्रि-ओपनिङ्गमा मंगलबार ३६ कम्पनीको शेयर कारोबार, नेप्से साढे २९ अंक बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से २९.५८ अंकले बढेको छ । नेप्से २९.५८ अंकले बढेर २ हजार ३३.९७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३६ कम्पनीका १ लाख १७ हजार ३४० कित्ता शेयर ३ करोड ५८ लाख ८० हजार २५७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।