वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात ५.५६ प्रतिशत, कुल कर्जा कति ?


काठमाडौँ । वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ९० अर्ब ५४ करोड ८० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा (एनपीएल) अनुपात ५.५६ प्रतिशत छ । तर बैंकगत आधारमा हेर्दा खराब कर्जाको अनुपात फरक फरक देखिएको छ । केन्द्रिय बैंकको पछिल्लो वित्तीय विवरण हेर्दा एभरेष्ट बैंकको एनपीएल ०.४९ प्रतिशत रहँदा प्रभु बैंकको १५.५५ प्रतिशत पुगेको हो ।

केन्द्रिय बैंकको तथ्यांक हेर्दा नेपाल बैंकको कुल कर्जा लगानी २ खर्ब ६१ अर्ब ७७ करोड १० लाख रुपैयाँ छ । बैंकको एनपीएल अनुपात ४.१८ प्रतिशत रहेको छ । उक्त अनुपातलाई कुल कर्जामा गणना गर्दा अनुमानित खराब कर्जा करिब १० अर्ब ९४ करोड रुपैयाँ बराबर हुन आउँछ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको कुल कर्जा ३ खर्ब ४६ अर्ब ७१ करोड ९० लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ३.९५ प्रतिशत रहेको छ । यस आधारमा अनुमानित खराब कर्जा करिब १३ अर्ब ७० करोड रुपैयाँ हुन्छ ।

कृषि विकास बैंकको कुल कर्जा २ खर्ब ४५ अर्ब ७९ करोड ४० लाख रुपैयाँ रहेको छ । एनपीएल अनुपात ४.०७ प्रतिशत रहेको छ । यसकारण बैंकको अनुमानित खराब कर्जा करिब १० अर्ब रुपैयाँ हुन्छ ।

नबिल बैंकको कुल कर्जा लगानी ४ खर्ब ८७ अर्ब ९८ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको एनपीएल अनुपात ४.२० प्रतिशत छ । यसअनुसार अनुमानित खराब कर्जा करिब २० अर्ब ५० करोड रुपैयाँ हुन्छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कुल कर्जा ३ खर्ब ६० अर्ब ७३ करोड १० लाख रुपैयाँ छ । बैंकको एनपीएल अनुपात ८.६६ प्रतिशत रहेको छ । यस आधारमा अनुमानित खराब कर्जा करिब ३१ अर्ब २४ करोड रुपैयाँ हुन्छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुल कर्जा ७० अर्ब ८६ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात २.०३ प्रतिशत रहेको छ । यसअनुसार अनुमानित खराब कर्जा करिब १ अर्ब ४४ करोड रुपैयाँ बराबर हुन आउँछ ।

हिमालयन बैंकको कुल कर्जा २ खर्ब ५६ अर्ब ५८ करोड ४० लाख रुपैयाँ छ । एनपीएल अनुपात ७.९६ प्रतिशत रहेकाले अनुमानित खराब कर्जा करिब २० अर्ब ४२ करोड रुपैयाँ हुन्छ ।

नेपाल एसबिआई बैंकको कुल कर्जा १ खर्ब ५३ अर्ब १० करोड ८० लाख रुपैयाँ छ । बैंकको एनपीएल अनुपात २.९२ प्रतिशत छ । यस आधारमा अनुमानित खराब कर्जा करिब ४ अर्ब ४७ करोड रुपैयाँ बराबर हुन्छ ।

एभरेस्ट बैंकको कुल कर्जा २ खर्ब ४७ अर्ब ६५ करोड ७० लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ०.४९ प्रतिशत मात्रै रहेको छ । उक्त अनुपातका आधारमा अनुमानित खराब कर्जा करिब १ अर्ब २१ करोड रुपैयाँ बराबर हुन्छ ।

एनआईसी एशिया बैंकको कुल कर्जा २ खर्ब ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ । बैंकको एनपीएल अनुपात ९.२६ प्रतिशत रहेको छ । यसअनुसार अनुमानित खराब कर्जा करिब १९ अर्ब ५५ करोड रुपैयाँ हुन्छ ।

माछापुच्छ्रे बैंकको कुल कर्जा १ खर्ब ७१ अर्ब २५ करोड ३० लाख रुपैयाँ रहेको छ । एनपीएल अनुपात ३.९८ प्रतिशत रहेकाले अनुमानित खराब कर्जा करिब ६ अर्ब ८२ करोड रुपैयाँ बराबर हुन्छ ।

कुमारी बैंकको कुल कर्जा लगानी ३ खर्ब २ अर्ब ३८ करोड ६० लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ७.४६ प्रतिशत रहेको छ । यस आधारमा अनुमानित खराब कर्जा करिब २२ अर्ब ५६ करोड रुपैयाँ हुन्छ ।

लक्ष्मी सनराइज बैंकको कुल कर्जा ३ खर्ब २१ अर्ब १ करोड ४० लाख रुपैयाँ छ । बैंकको एनपीएल अनुपात ५.२३ प्रतिशत रहेको छ । उक्त अनुपातअनुसार अनुमानित खराब कर्जा करिब १६ अर्ब ७९ करोड रुपैयाँ बराबर हुन्छ ।

यस्तै सिद्धार्थ बैंकको कुल कर्जा लगानी २ खर्ब ४८ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ३.५३ प्रतिशत रहेको छ । यसअनुसार अनुमानित खराब कर्जा करिब ८ अर्ब ७६ करोड रुपैयाँ बराबर हुन आउँछ ।

ग्लोबल आइएमई बैंकको कुल कर्जा लगानी ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । एनपीएल अनुपात ४.९६ प्रतिशत छ । उक्त अनुपातलाई कुल कर्जामा गणना गर्दा अनुमानित खराब कर्जा करिब २३ अर्ब ६५ करोड रुपैयाँ बराबर हुन्छ ।

सिटिजन्स बैंक इन्टरनेसनलको कुल कर्जा १ खर्ब ७७ अर्ब ३३ करोड २० लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ५.८८ प्रतिशत रहेको छ । यस आधारमा अनुमानित खराब कर्जा करिब १० अर्ब ४३ करोड रुपैयाँ हुन्छ ।

प्राइम कमर्सियल बैंकको कुल कर्जा २ खर्ब ४४ अर्ब ५९ करोड ७० लाख रुपैयाँ छ । बैंकको एनपीएल अनुपात ६.६९ प्रतिशत रहेको छ । यसअनुसार खराब कर्जा करिब १६ अर्ब ३६ करोड रुपैयाँ बराबर हुन्छ ।

एनएमबि बैंकको कुल कर्जा २ खर्ब ६७ अर्ब ९५ करोड ५० लाख रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ४.९१ प्रतिशत रहेको छ । यस आधारमा बैंकको खराब कर्जा करिब १३ अर्ब १६ करोड रुपैयाँ बराबर हुन्छ ।

प्रभु बैंकको कुल कर्जा लगानी २ खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ रहेको छ । बैंकको एनपीएल अनुपात १५.५५ प्रतिशत छ । यो तथ्यांक २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी हो । यस अनुपातलाई कुल कर्जामा गणना गर्दा अनुमानित खराब कर्जा करिब ३६ अर्ब ११ करोड रुपैयाँ हुन्छ ।

सानिमा बैंकको कुल कर्जा २ खर्ब ६ अर्ब ५२ करोड २० लाख रुपैयाँ छ । बैंकको एनपीएल अनुपात २.८७ प्रतिशत रहेको छ । यस आधारमा हेर्दा बैंकको खराब कर्जा करिब ५ अर्ब ९३ करोड रुपैयाँ बराबर हुन्छ ।

यसरी प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी एनपीएल प्रभु बैंकको १५.५५ प्रतिशत रहेको छ । त्यसपछि एनआईसी एशियाको ९.२६ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८.६६ प्रतिशत, हिमालयन बैंकको ७.९६ प्रतिशत र कुमारी बैंकको ७.४६ प्रतिशत रहेको छ । अर्कोतर्फ एभरेस्ट बैंकको एनपीएल ०.४९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत मात्रै रहेको छ ।

कुल कर्जाको आकार र एनपीएल प्रतिशत हेर्दा खराब कर्जाको अनुमानित रकममा फरक देखिन्छ । जस्तै नबिल बैंकको एनपीएल ४.२० प्रतिशत भए पनि ठूलो कर्जा लगानीका कारण अनुमानित खराब कर्जा करिब २० अर्ब ५० करोड रुपैयाँ हुन्छ । ग्लोबल आइएमई बैंकको एनपीएल ४.९६ प्रतिशत हुँदा अनुमानित खराब कर्जा करिब २३ अर्ब ६५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एनपीएल ८.६६ प्रतिशत हुँदा करिब ३१ अर्ब २४ करोड रुपैयाँ देखिन्छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  ०८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।