काठमाडौँ । लगातारको गिरावट पछि सोमबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । सोमबार बजार परिसुचक नेप्से १६.४६ अंकले बढेर २८७५.३६ अंकमा पुगेको छ ।
सोमबार १ लाख ४९ हजार २७४ पटकको कारोबारमा २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयरहरु १० अर्ब ८२ करोड २४ लाख ४९ हजार रुपैयाँमा किनबेच भएका छन् ।
आइतबार नेप्से ६३.७३ अंकले घटेर २८५८.९ अंकमा पुग्दा कारोबार रकम १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँ कायम भएको थियो । गत साताको कारोबारको अन्तिम दिन नेप्से ३१.५ अंकले र बुधबार ४७.९३ अंकले घटेको थियो ।
सोमबार अन्य समूह २.८९ प्रतिशतले बढेको बजारमा वाणिज्य बैंक समूह १.६६ प्रतिशतले बढेको छ ।
थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ६.८९ प्रतिशतले बढेको बजारमा मोलुङ हाइड्रोपावरको सेयर मूल्य ५.४९, सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ५.०७, स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ४.८४ र सगरमाथा जलविद्युुत कम्पनीको सेयर मूल्य ४.३८ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा हिमायलन रिइन्स्योरेन्स कम्पनी ५५ करोड ९६ लाख ७५ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको छ ।
सोमबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४७ खर्ब ९९ अर्ब ४७ करोड ५९ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार कूल बजार पूँजीकरण ४७ खर्ब ७२ अर्ब ९ लाख ८९ हजार रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया