काठमाडौँ । नेपालका लागि केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई–मोबिलिटीले केयी ‘बाबल अफर’ को घोषणा गरेको छ। यो सीमित समयको प्रमोसनले केयी एक्स थ्री प्रो ईभी मा आकर्षक डिलहरू ल्याएको छ।
यस विशेष अफरले ठूलो छुट र रोमाञ्चक फाइदाहरू ल्याएको छ। सीमित अवधि अफर अन्तर्गत केयी एक्स थ्री प्रो ईभीको मूल सुरुवात मूल्य ४८ लाख ९६ हजार रुपैयाँभन्दा कम, ३९ लाख ९६ हजार रुपैयाँको अतुलनीय मूल्यमा उपलब्ध छ ।
यसका साथै ग्राहकले स्पेयर टायर, ७.३ किलोवाट चार्जर, ६ वर्षको सर्भिस र ८ वर्षको वारेन्टी पनि पाउनेछन् । यो ठूलो छुट र अफरले एक्स थ्री प्रो ईभ लाई यस सेगमेन्टमा सबैभन्दा राम्रो मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको छ।
विशेष मूल्य नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समयमा मात्र सीमित अवधिका लागि उपलब्ध छ। काठमाडौँको भृकुटीमण्डपस्थित हल ए मा रहेको केयीको स्टल नम्बर ए२ मा गएर एक्स थ्री प्रो ईभी को अनुभव लिन सकिन्छ।












प्रतिक्रिया