एभरेष्ट बैंकद्वारा जोन्टा क्लब काठमाडौंलाई साढे दुई लाख सहयोग हस्तान्तरण

0
Shares

एभरेष्ट बैंक लिमिटेड (EBL) ले जोन्टा क्लब काठमाडौँलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।

बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के. नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।

यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्धेश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सो कार्यक्रममा एभरेष्ट बैंकका डिजिएम डा. सुधीरकुमार तथा जोन्टा क्लबकी अध्यक्ष निर्वाचित आभा शाह, बैंकका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंकले हालै आफ्नो ग्राहक संख्या ११ लाखभन्दा अधिक वृद्धि गरेको छ भने बैंकले व्यवसायिक रुपमा सजिलो बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले देशभरी ९८ शाखा, ३१ राजस्व संकलन काउन्टर, १३० एटिएम र विश्वव्यापी नेटवर्क पनि संचालन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।