स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० सय रुपैयाँले ओरालो लागेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया