रित पुगेपनि ९ हजार ९० वटा कोरोना बीमाको मागदाबी भुक्तानी हुन बाँकी

0
Shares

कोरोना बीमा दाबी भुक्तानीका लागि रित पुगेका ९ हजार ९० आवेदनको भुक्तानी बाँकी रहेको छ ।

बीमा समिति तथा पुल कम्पनीका कर्मचारीलाई समेत कोरोना संक्रमण भएपछि भुक्तानीमा ढिला भएपछि रित पुगेका दाबीको भुक्तानी पनि ढिलाई भएको हो ।

बीमा समितिका अनुसार कोरोना बीमा मापदण्ड २०७७ अनुसार माग दाबी परेका १७ हजार २३५ दाबी परेका छन् । यस आधा भन्दा धेरै अर्थात ५२ प्रतिशत दाबीको कागजात तथा प्रक्रिया पूरा गरेको भएपनि भुक्तानी हुन नसकेको हो ।

कोरोना बीमाको पुल कम्पनी शिखर इन्स्योरेन्सले समयमा दाबी भुक्तानी नदिएको गुनासोपछि अर्थमन्त्रालयले बीमा समितिलाइ निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार बीमा समितिले पुल कम्पनीमा स्थलगत अनुसन्धान समेत गरेको छ । सो अनुसन्धानपछि कोरोना बीमाको दाबी भुक्तानीको लागि बीमा पुलमा पठाइएका मध्ये १ हजार १०० फाईल कागजात नपुगेपछि सम्बन्धित कम्पनीमा नै फर्काइएका छन् ।

बीमा समितिका अनुसार हालसम्म ८ हजार १२५ जनाले कोरोना बीमाको दाबी भुक्तानी लिईसकेका छन् । ४ हजार १५२ वटा फाईल प्रमाणिकरणको लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पठाइएको समेत समितिले जनाएको छ । त्यसैगरी दुई हजार ४९३ वटा प्रमाणिकरण भई फिर्ता आएको समेत समितिले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।