ट्राफिक प्रहरीद्वारा २ करोड रुपैयाँ राजस्व सङ्कलन


कलैया । बारा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

प्रहरी निरीक्षक दीपक केसीका अनुसार जिल्लाको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी एकाइले सवारीसाधन जाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारीसाधन सञ्चालन गरेका चालकबाट जरिवाना बापत सो रकम सङ्कलन गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा साना ठूला गरी कुल १ हजार १२१ सवारीसाधन दुर्घटनामा परेका थिए । ती घटनामा ९३ जनाको मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। मृतकमा ७१ पुरुष, ११ महिला, ७ बालक र ४ बालिका रहेका थिए ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार  ०७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।