नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बरुण हाइड्रोपावर कम्पनीलाई स्पष्टिकरण सोधेको छ । हाइड्रोले लाभांश सम्बन्धीको निर्णय समयमा उपलब्ध नगराएको भन्दै नेप्सेले सूचीकरण स्थगनगरी स्पष्टिकरण सोधेको हो ।
कम्पनीको मंसिर २८ गते आइतबार १ बजे बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र करका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बारे जानकारी कम्पनीले सोमबार ढिलागरी नेप्सेमा उपलब्ध गराएपछि स्पष्टिकरण सोधेको हो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको शेयर सूचीकरण स्थगनगरी तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया