काठमाडौँ । झापा इनर्जी लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि खुला गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि आवेदन प्रक्रिया सुरु गरेको थियो ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो। जसमध्ये प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ भने साउन १८ गते नै बन्द भइसकेको छ भने आयोजना प्रभावितलाई निष्कासन गरिएको आईपीओ आज बन्द हुनेछ।
आयोजना प्रभावितलाई छुट्याइएको जम्मा आईपीओको आधा अर्थात् १ लाख ९० हजार ९५ कित्ता झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपरको क्षेत्र बाहेकमा बस्नेले आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।












प्रतिक्रिया